११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिँदै

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार एक विज्ञप्ती जारी गर्दै सोबारे जानकारी गराएको हो।  

कोरोना भाइरसबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको सो विज्ञप्तिमा उल्लेख छ।  

उनीहरुसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ। उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  

उनीहरु तीनै जना वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए।

प्रकाशित: १४ वैशाख २०७८ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App