६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

आज अपराह्नका लागि बोलाइएको माओवादी केन्द्रको बैठक स्थगित

फाइल तस्बिर

आज अपराह्नका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगन गरिएको छ। सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगन भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए।  

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उनले बताए। समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो।

प्रकाशित: ६ वैशाख २०७८ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App