चामुण्डाविन्द्रासैनी नगरपालिकाले मेयर सुर्यबहादुर शाही र उपमेयर ताराकुमारी शाही नाम अंकित घण्ट किनेको छ । नगरपालिकाले भ्याट सहित धन्नै ४५ लाख खर्चेर घण्ट किनेको हो ।
नगरपालिकाले स्थानीय बक्काचौरस्थित नगरपार्कमा राख्नका लागि मेयर र उपमेयर नाम अंकित घण्ट किनेको हो । २०७५÷०७६ मा टेण्डर आह्वान मार्फत ३९ लाख ६० भ्याट बाहेक र भ्याटसहित ४४ लाख ७४ हजार ८ सयमा एस.एम. टेडर्स काठमाडौं मार्फत घण्ट उपलब्ध गराएको थियो । नगरपालिकाका प्राविधिकहरुले घण्टमा मेयर र उपमेयर राख्ने विषयमा कुनै जानकारी नभएपनि पछि थपिएको बताए ।
स्थानीयका अनुसार जनताका विकास समस्या एकातिर हुदाँ हुँदै अनावश्यक घण्टमा नाम राख्न प्यासी भएका कारण नगरपालिकाले आधा करोड बढी रकम खर्च गरिएको टिप्पणी समेत गरेका छन् । पार्क अँझै निर्माण सम्पन्न भएको छैन् । नगरपालिकाले बजेट अभावका कारण काम समयमा हुन नसकेको जनाएको छ । ‘लेख्ने कुरा भएको थिए । सामान्य छलफल भएर नाम राखिएको हो ।’ चामुण्डाविन्द्रासैनी नगरपालिकका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिलक विकले भने, पछि कार्यपालिका मार्फत नाम राख्ने विषयमा अनुमोदन गरेको छौं ।’
‘नाम राख्ने विषय हाम्रो कुरा होईन् ।’ नगर प्रमुख सुर्यबहादुर शाहीले भने, सहमती अनुसार निमावली र निर्देशिका बनाएका छौं त्यही अनुसार नाम राखेको हो ।’ घण्ट राख्ने ठाउँ निर्माण भईरहेकोले यो वर्ष नै राखीने नगरपालिकाले जनाएको छ । पार्क नगर प्रहरीको सुरक्षामा रहने भएकाले प्रहरी भर्ना कार्य अन्तिम चरणमा पुगेको र पार्कभित्र बस्ने भवन बनिरहेको नगरप्रमुख शाहीले बताए । त्यस्तै पार्कमा दुई वटा ९ फिटका लामो तरवार दुई वटा स्थानीय कालिगढले बनाएका छन् । धन्नै ३ लाख बढी रकम तिरेर नगरपालिकाले ति तरवार बनाएको हो ।
प्रकाशित: २ वैशाख २०७८ १०:३९ बिहीबार