७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सहकारी समृद्धिको मुख्य आधारः उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताएकी छन्।

पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित नव वर्षको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रममा उनले सहकारी उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताइन्।

उपसभामुख शर्माले मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहने बताउँदै आफ्ना क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिइन्।

पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले स्थानीय उत्पादित वस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्फ लाग्नुपर्ने आवश्यकता औल्याए।

संस्थाका अध्यक्ष वासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोला, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठलगायतले सहकारीको महत्वमाथि प्रकाश पारेका थिए। 

प्रकाशित: २ वैशाख २०७८ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App