१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चीन सरकारद्वारा प्रदान गरिएको खोप नेपाल सरकारलाई हस्तान्तरण

चीन सरकारद्वारा प्रदान गरिएको कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा आयोजित एक समारोहबीच विवरण हस्तान्तरण गरेकी हुन्।

चीनले सहायतास्वरुप प्रदान गरेको कोभिड–१९ विरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको थियो। कोभिड–१९ विरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज खोपलगायत सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट काठमाडौं ल्याइएको थियो।

प्रकाशित: १६ चैत्र २०७७ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App