१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेता नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाही योग्य छः अध्यक्ष ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाही योग्य भएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले शुक्रबार बालुवाटारमा भएको संसदीय दलको बैठकमा सो धारणा व्यक्त गरेका हुन्।

ओलीको भनाइ उद्धृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने,'एमाले केन्द्रीय समितिको फागुन २८ गतेको निर्णयबाट पछि हट्न सकिँदैन, उहाँहरु दुईजनाले दिएको स्पष्टीकरण कारबाही योग्य छ।’  

पार्टीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। नेपाल र रावलले बिहीबार स्पष्टीकरण बुझाएका हुन् भने भुसाल र पाण्डेले भने बुझाउने क्रममै रहेका छन्।

प्रकाशित: १३ चैत्र २०७७ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App