७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने,'कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ।' यद्यपि अहिले भयावहको स्थिति नभएको उनले बताए।  

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताए। उनले भने, 'तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोजेको जस्तो देखिन्छ, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ।' 

उनले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ सङ्क्रमणको असर कम परेको उल्लेख गर्दै फेरि पनि असर कम पर्ने बताए। 'हामीकहाँ यसको असर कम पर्‍यो। फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी सङ्क्रमित हुन दिँदैनौँ र दिनु पनि हुँदैन। यसका लागि विभिन्न तरिका अवलम्बन गर्नुपर्छ', उनले भने,'हामीले नियम र आदेशको पालना गर्नुपर्छ। स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ। त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ।' 

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको बताए। 

प्रकाशित: १२ चैत्र २०७७ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App