२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रचण्ड दोस्रोपटक संसदीय दलको नेतामा चयन

फाइल तस्बिरः नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन्। शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षकको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको हो।  

गत पुस ५ प्रतिनिधि सभा भंग भएलगत्तै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको थियो। तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले फेरि उनलाई दलको नेतामा चयन गरेको हो।

संसदीय दलको नेतामा चयन भएपछि प्रचण्डलाई सांसद्हरुलाई धन्यवाद दिएका थिए।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित बनेको थियो। तर, फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिएपछि दुई खेमामा बाँडिएको नेकपा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने कसरतमा जुटेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७७ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App