१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित धर्ना

चौथो चरणको आन्दोलन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि निरन्तर आन्दोलनमा रहेको नेकपा दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। चौथो चरणको आन्दोलन फागुन ५ देखि १५ गतेसम्म हुनेछ। सो समूहले फागुन ५ देखि १५ गतेसम्म काठमाडौंलगायत मुलुकभर विरोध प्रदर्शन, सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। १५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिकजसो विरोध प्रदर्शनका कार्यक्रम हुने भएका छन्।  

सो समूहले फागुन ६ गते भ्रष्टचारविरुद्ध टुँडिखेल वरिपरि मानव साङलोको जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ। सो समूहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा विरोध प्रदर्शन गर्ने भएको छ।  

संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमनविरुद्ध फागुन ७ देखि १५ गतेसम्म हस्ताक्षर कार्यक्रम गर्ने जनाएको छ। फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तक्र्रिया गर्ने, फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित विरोध प्रर्दशन गर्ने र धर्ना दिने, फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमनविरुद्धका कार्यक्रम गर्ने, फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रदर्शन गर्ने, फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एवं बलात्कारविरुद्ध काठमाडौं उपत्यकासहित देशव्यापी प्रदर्शन गर्ने, फागुन १० गते दलित मोर्चाका तर्फबाट काठमाडौं उपत्यकासहित देशव्यापी विरोध गर्ने, फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारू पिछडिएको क्षेत्रलगायत उत्पीडित समुदायको पहिचान झल्किने झाँकीसहित प्रदर्शन गर्ने, १४ गते काठमाडौंमा बृहत् युवा ¥याली र १५ गते किसान सुकुम्बासी मोर्चाका तर्फबाट विरोध कार्यक्रम गर्ने जनाएको छ। सो समूहले नेपालगन्ज र जनकपुरमा पनि सभा गर्ने तयारी गरेको छ। ती स्थानमा गरिने सभाको मिति पछि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका सहकमाण्डर योगेश भट्टराईले जानकारी दिए।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरूको भनाइलाई तोडमोड गरेर भ्रम छर्ने काम भएको बताए। उनले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गर्न खोजेको समेत बताएका थिए। धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गर्न खोजिएको उनको भनाइ थियो। ‘पशुपतिनाथ विश्वभरिका हिन्दुहरूको आराध्यदेव र आस्थाको केन्द्र भएकाले हाम्रो सम्मान छ, संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरूपयोग नहोस् भन्ने हाम्रो भनाइ हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो। तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौ ँ। त्यसका निम्ति हामिले संघर्ष पनि गरेका हांै।’

प्रकाशित: ३ फाल्गुन २०७७ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App