५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमै

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा नै सुनुवाई हुने भएको छ। संवैधानिक इजलासले उक्त मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको हो। संवैधानिक इजालसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जना न्यायाधीशहरू छन्।

शुक्रबारको बहसपछि यस्तो आदेश दिइएको हो। रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दा वृहत पूर्ण इजालसमा लैजानु पर्ने जिकिर गरेका थिए।

'प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३)बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू', आदेशमा भनिएको छ। ‘हेर्दाहेर्दैमा’ राखिएको सो मुद्दाको आगामी सुनुवाइ यही माघ ४ गतेका लागि तोकिएको छ।      

     

 

 

 

 

प्रकाशित: २ माघ २०७७ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App