९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

केपी ओली अब कमरेड रहेनन् : अष्टलक्ष्मी शाक्य

फाइल तस्बिर : नेकपा नेतृ अष्टलक्ष्मी शाक्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सर्वसत्तावादी’ को संज्ञा दिएकी छन्। 

मंगलबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली स्वेच्छाचारी तथा सर्वसत्तावादी भएको आरोप लगाएकी हुन्।

उनले ओली अब ‘कमरेड’ नरहेको समेत बताइन्। ‘केपी ओली अब कमरेड अब रहनुभएन, निरंकुश शासक बन्नुभयो,’ उनले भनिन्।  

उनले अहिलेको आन्दोलन ‘कमरेड केपी ओलीविरूद्ध नभएर सर्वसत्तावादी र स्वेच्छाचारी केपी ओलीविरुद्ध भएको’ समेत बताइन्।

उनले जनता सडकमा आइसकेकाले अब ओली सरकार ढल्ने दाबी पनि गरिन्।  

उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध धावा बोलेको आरोप लगाइन्। ‘हामीलाई लागेको थियो, नेपालमा गणतन्त्र आयो, अब सुशासन कायम हुन्छ, भ्रष्टाचार अन्त्य हुन्छ। तर, केपी ओली सरकारले लोकतन्त्र व्यवस्थाविरुद्ध धावा बोलेको छ।’

नेतृ शाक्यले संसद् सञ्चालन नभएसम्म आन्दोलन जारी रहने पनि बताइन्। 

प्रकाशित: १४ पुस २०७७ ०९:१५ मंगलबार

अष्टलक्ष्मी शाक्य केपी ओली