मन्त्रिपरिषद्ले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
स्रोतकाअनुसार राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ।
संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरीराष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो।
संघीय संसदको प्रतिनिधिसभा भने विघटन भइसकेको छ।
प्रकाशित: ११ पुस २०७७ ०६:२१ शनिबार




-600x400.jpg)
