६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रथम राष्ट्रपति यादवले भने : राष्ट्रपतिले संविधानको मर्यादा अनुसार काम गर्नुभएन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमले आफु मर्माहत भएको प्रथम राष्ट्रपति डा. रामवरण यादवले बताएका छन्।

गणतन्त्रको प्रतिक राष्ट्रपति संस्थाबारे यस अघि आफुले कहिल्यै टिप्पणी नगरेको बताउँदै उनले यो घटनाले निकै मर्माहत बनाएको बताए। 'म मात्र होइन सारा नेपाली मर्माहत भएका छन्,' उनले भने, 'संस्थामाथी निकै ठूलो चोट परेको छ।'

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई बोल्दै यादवले राष्ट्रपति भण्डारी आफ्नो भूमिकामा चुकेको बताए। राष्ट्रपति संस्था देशको अभिभावक भएको भन्दै उनले त्यहाँ बस्नेलाई गल्ती गर्ने छुट नभएको बताए। राष्ट्रपतिले संविधानको मर्यादा अनुसार काम गर्न नसकेको उनको भनाई थियो। उनले यो घटनामा अदालतको ध्यान पुग्नुपर्ने बताए।

 

 

प्रकाशित: ६ पुस २०७७ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App