६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बामदेव गौतमले भने : प्रधानमन्त्रीको कदम भर्त्सना योग्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भएको बताएका छन्।

'गत आम निर्वाचनमा झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानिक कदम गलत र भर्त्सना योग्य छ,' गौतमले भनेका छन्।

प्रधानमन्त्रीको कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने उनले बताएका छन्।

 

प्रकाशित: ५ पुस २०७७ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App