२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा बैठक : ओली र दाहालका पत्र सचिवालयका नेताको हातमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा कही समय बसेर सकिएको छ। लामो समयपछि बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसबारे ओलीले दिएको जवाफ अध्यनका लागि नेताहरुलाई दिइएको छ।

अध्यक्ष द्वयका पत्र अध्ययनपिछ बैठक मंसिर ३ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

दाहालसहित ५ नेताले पछिल्लो पटक ओलीलाई बैठक बोलाउन दवाव दिँदै पत्र पठाएका थिए। पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका थिए। कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। तर ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि ओलीलाई भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका थिए। ओलीले बिहीबार वा शुक्रबार बैठक बस्न सकिने संकेत गरेका थिए। त्यसैअनुरुप महासचिवले आज ४ बजेलाई बैठक तय गरेका थिए।  

 

 

प्रकाशित: २८ कार्तिक २०७७ ११:५२ शुक्रबार

नेकपा नेकपा सचिवालय बैठक