९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

‘संघीय गणतन्त्र नेपाल’ नलेख्ने निर्णयको विरोध गर्नेहरूलाई गोकुल बास्कोटाको यस्तो ‘झटारो’

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले देशलाई संघीयता खाँचो नभएको दाबी गरेका छन्। 

हालै सरकारले ‘संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेपछि चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने बास्कोटाले शुक्रबार साँझ समाजिक सञ्जालमार्फत त्यस्तो टिप्पणी गरेका हुन्।

‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम। यसमाचैं के प्रतिगमन भएछ हँ,’ पूर्वमन्त्री बास्कोटाले ट्विटरमा लेखेका छन्, ‘प्रदेशहरू खारेज भएका त छैनन्। द्वन्द्व व्यवस्थापनका लागि मान्दिनुपरेको न हो, देशलाई खाँचो त थिएन संघीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलबार घुमाउने भएछन्। कमरेडका दुःख पनि कहिल्यै नसकिने के!’  

यो पनि पढ्नुहोस्

सरकारलाई डा.भट्टराईको पश्न: ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय किन गरेको?

प्रकाशित: २१ कार्तिक २०७७ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App