१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कानुनमन्त्रीले संसदमा प्रयोग गरेका अर्मयादित शब्दहरु फिर्ता लिन काँग्रेसको माग

प्रदेश ५

नेपाली काँग्रेसले प्रदेश नं. ५को प्रदेश सभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशीले प्रदेश सभाकै रोष्टमबाट सांसदहरुप्रति असहिष्णु र अर्मयादित व्यवहार गरेको भन्दै त्यसप्रति आपत्ति जनाको छ। काग्रेस प्रदेश नं. ५ को प्रदेश सचेतक निर्मला क्षेत्रीले विज्ञप्ति जारी गर्दै मन्त्रीले सांसदविरुद्ध बोलेका अर्मयादित शब्दहरु संसद सचिवालयको रेकर्डबाट हटाउन र ती शब्दहरु फिर्ता लिन रुलिङ गर्न सभामुखलाई आग्रह गरेकी हुन।

संसदको गरिमा र मर्यादा विपरित मन्त्रीले नै रोष्टमबाट सांसदहरुलाइ घिसारेर निकाल्नुस् भनेर मर्यादा पालकलाई दिएको निर्देशनले सांंसदहरुलाई उत्तेजित बनाउने काम गरेको भन्दै  सचेतक क्षेत्रीले त्यसप्रति खेद प्रकट गरेकी छन्। सभामुखलाई साक्षी राखेरै असोभनीय र अर्मयादित सब्द प्रयोग गरी संसदको गरिमाको धज्जी उडाएको सचेतक क्षेत्रीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।  

सोमबारको बैठकमा प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नै संसदको रोष्टमबाटै सांसदहरुलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिएका थिए। प्रतिपक्ष सांसदहरुले संसदीय मर्यादा कायम हुनुपर्ने, असंवैधानिक ढंगबाट ल्याइएको प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव खारेज गर्नु पर्ने लगायतका माग राखेर सदन अवरुद्ध गरेका थिए।  

अवरोधका बाबजुद मन्त्री केसी रोष्टममा पुगेर बोल्न लाग्दा विपक्षी सांसदले टेबल ठोकेर बिरोध गर्न नछोडेपछि उनी आवेशमा आएका थिए। तत्कालिन माओवादीबाट निर्वाचित मन्त्री केसीले रोष्टमको ठीक तल उभिएका मर्यादापालकलाइ आक्रोसित मुद्रामा भने ‘हेलो समातेर हाली दिनुस’। घिसारेर निकालिदिनुस,निकाल्दिहाल्नुस’।  

 

प्रकाशित: २० आश्विन २०७७ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App