७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने

मन्त्रिपरिषदको बैठक सुरु भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  

एक मन्त्रीका अनुसार बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने छ।  

हिजो बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि सकिएसँगै राष्ट्रिय सभामा एक पद रिक्त छ।  

 

प्रकाशित: १९ भाद्र २०७७ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App