९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको महाधिवेशन फागुन ७ बाटै हुने

कार्यतालिका सबै संशोधन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका तय गरेको छ । संशोधित कार्यतालिकालाई अनुमोदन गर्न मंगलबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक कांग्रेसले बोलाएको छ । कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ । यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरीसकेको कांग्रेसले संगठन समायोजनसहितका नौ चरणको तालिका संशोधन भएका छन् ।

फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने पार्टीको यसअघिको मितिलाई कायमै राखेर नयाँ कार्यतालिका पेस गर्न सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार महामन्त्री पूर्णबहादुर खड्काले संशोधित कार्यतालिका पेस गरेका थिए । उनले पदाधिकारी बैठकमा पेस गरेको कार्यतालिका अनुसार  असार मसान्ताभित्र संगठन समायोजनको काम सक्न जिल्लाहरूलाई समय दिइने भएको छ । अझै २६ जिल्लाको संगठन समायोजन सक्न बाँकी भएपछि कांग्रेसले निर्वाचन समितिसँगको परार्मसमा समायोजनका लागि नयाँ निर्देशीका पठाइने भएको छ ।

महाधिवेशनको प्रारम्भीक चरण अन्र्तगत सदस्यता वितरण र नविकरण सुरु गरेको कांग्रेसले अब साउन मसान्तासम्म सदस्यता वितरणको समय दिने भएको छ । यसअघि  चैतसम्म मात्र समय तोकिएको थियो । अहिलेसम्म संगठन समायोजनको काम सकेका ४० जिल्लाले सदस्यता नविकरण र नयाँ वितरणको काम सुरु गरिसकेका छन् ।

सदस्यता छानविनसहितका सात चरणको काम सकेर सभापतिले सदस्यताको प्रमाणित प्रतिलिपि मंसिर मसान्ता भित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने उल्लेख छ । यसअघि उक्त मिति साउन मसान्ताका लागि तय गरिएको थियो ।

त्यसैगरी कात्तिक १६ गतेबाट सुरु गर्ने भनिएको गाउँ÷नगर अधिवेशन दुई महिना पर पुस ६ गते देखि गर्नेगरी संशोधन गरिएको छ । संशोधित कार्यतालिका अनुसार पुस ८ गते,गाउँ÷नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्र पुस १३ गतेका लागि तय भएको छ ।

कात्तिक २५का लागि तय भएको जिल्ला अधिवेशन पुस १६ गते गर्ने निर्णय गर्दै कांग्रेसले प्रदेश अधिवेशन माघ ६ गतेका लागि प्रस्ताव गरिएको छ । यसअघि प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने कांग्रेसले निर्णय गरेको थियो । तर, कोरोना भाइरसको संक्रमणसँगै सदस्यता वितरणसहितका सम्पूर्ण काम रोकिएपछि सभापति देउवाले महाधिवेशन टार्न लागेको भन्दै इतर समुहले आलोचना गर्दै आएका छन् ।

यसैबीच केन्द्रीय समितिको बैठकमा राज्य व्यवस्था समितिको बैठकबाट वैवाहिक अंगिकृतसहित नागरिकताका विषयमा संविधान विपरित गरेको निर्णयका विषयमा पनि पार्टीले आधिकारी धारणा बाहिर ल्याउने छ ।

यस्ताे छ संशाेधित कार्यतालिका

प्रकाशित: १४ असार २०७७ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App