प्रमुख प्रतिपक्ष नेपाली दल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कर्मकाण्डी शैलीमा नीति तथा कार्यक्रम आएको बताएका छन् । आज दिउँसो ११ बजे बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रममा कोरोना रोकथामलाई पहिलो प्राथमिकतामा राखिए पनि खासै कार्यायोजना नआएको उनको टिप्पणी थियो । त्यस्तै, राहत वितरणमा स्थानीय तहको भूमिका प्रभावकारी हुनेमा उनको जोड थियो ।
उनले भारतबाट मिचिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद समाधान गर्न उच्चस्तरमा सार्थक र परिमाणमुखी वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई सुरक्षित तवरले घर फर्काउन आग्रह गरेका छन् ।
प्रकाशित: ५ जेष्ठ २०७७ ०५:४४ सोमबार