४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विरोध प्रदर्शन गर्न माइतीघर पुगेका विवेकशीलका कार्यकर्ता पक्राउ

भारतले दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न काठमाडौंको माइतीघर पुगेका विवेकशील नेपाली दलका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले विवेकशील नेपाली दलकी नेतृ रन्जु दर्शना सहित आधा दर्जन युवाहरुलाई पक्राउ गरेको हो। माइतीघरमा विरोध प्रदर्शन गर्नका लागि जम्मा हुँदै गरेको अवस्थमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु भरतले नेपालको दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रर्दशन गर्न आज दिउँसो माइतीघर पुगेका थिए। तर प्रदर्शन गर्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ गर्‍यो। प्रहरीले लकडाउनको अवस्थामा भिडभाड गरी प्रर्दशन गर्न लागेको भन्दै पक्राउ गरेको हो।

प्रकाशित: ३० वैशाख २०७७ १३:०५ मंगलबार

लकडाउन लिपुलेक