९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सेनाले ढिलाइ गर्दा दाता गुहार्दै सरकार

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री नेपाली सेनाले समयमा उपलब्ध नगराउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाता गुहार्न थालेको छ। सेनाले समयमै स्वास्थ्यसामग्री उपलब्ध नगराएपछि किट अभाव भएर कोरोना भाइरस पत्ता लगाउन गरिनेपिसिआर परीक्षण बन्द हुन लागेपछि सरकारले विदेशी दातृ निकाय गुहारेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेका ३ हजार किट सांसदलगायतका भिभिआइपीको परीक्षणका लागि छुट्याएपछिं उपत्यकाबाहिरका प्रयोगशालामा पिसिआर परीक्षणका लागि किट अभाव भएको छ। प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिमप्रदेशमा पिसिआर परीक्षण बन्द भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सेनाले गत मंगलबारसम्ममा स्वास्थ्य सामग्री ल्याउने भनेको थियो तर ल्याएन। सेनाले मेडिकल सामग्री ल्याउनेछाँटकाँट नदेखाएपछि दातृनिकाय गुहार्नुपरेको उनले बताए।सरकारले सेनामार्फत खरिद गरेको मेडिकल सामग्री चीनको ग्वान्झाओमा रोकिएको छ। 

मेडिकल सामग्रीछिटो ल्याउन सेनालाई जिम्मा दिएको भन्ने सरकारको दाबी पनि ढिलाइले औचित्यहीन बनेको छ। सेनाले किनेको मेडिकल सामग्री ढुवानीको ठेक्का भने फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीले पाएको छ। 

सेनाले समयमै स्वास्थ्य सामग्री उपलब्ध नगराएपछि किट अभाव भएर कोरोना भाइरस पत्ता लगाउन गरिने पिसिआर परीक्षण बन्द हुने अवस्था आएको छ।

सेनाको भरपर्दा स्वास्थ्य सामग्रीको चरम अभाव हुने स्थिति आएपछिस्विट्जरल्यान्ड, जर्मनीलगायतका दातृ राष्ट्रलाई अनुरोध गरेर पिसिआर रिएजेन्ट रआरएनए एक्स्ट्रक्सन किट ल्याइएको स्वास्थ्यका एक सहसचिवले बताए।जर्मनीबाट चार हजार पिसिआर किट अनुदानस्वरुप प्राप्त भएको छ। त्यस्तैस्विस सरकारबाट अनुदानमा प्राप्त ३० हजार पिसिआर रिएजेन्ट र ३० हजार पिसिआर आरएनए एक्स्ट्रक्सन किट बिहीबार काठमाडौं आइपुगेको छ। स्विस सरकारले रोस कम्पनीमार्फत १५ करोड मूल्यबराबरको सामग्री नेपाललाई अनुदानमा दिएको हो।

किट अभाव हुँदा वाग्मती प्रदेशका वीर, पाटन, धुलिखेल, हेटौडाँ र भरतपुर अस्पतालमा पिसिआर परीक्षण रोकिएको छ। प्रदेश २ का जनकपुर र वीरगन्जमा पनि परीक्षण रोकिएको छ। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा पनि पिसिआर विधिबाट गरिने परीक्षण ठप्प छ। स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा करिब तीन हजार, १ नम्बर प्रदेशको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा एक सय ५०, कोसी अञ्चल अस्पताल विराटनगरमा ५० र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ५० थान किट बाँकी छन्। जर्मन र स्विस सरकारमार्फत अनुदानमा आएको किट पठाएर अभाव हटाउने तयारी मन्त्रालयले थालेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार जर्मन सरकारबाट प्राप्त चार हजार किटमध्ये एक हजार थान बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, ५ सय थान वीरगन्ज र ५ सय थान नेपालगन्ज पठउँने तयारी भइरहेको छ। सम्भव भएसम्म शुक्ररबारभित्रै किटसम्बन्धित ठाउँमा पुगिसक्ने डा. पोखरेलको दाबी छ। 

स्विस सरकारमार्फत अनुदानमा आएको पिसिआर रिएजेन्ट र  पिसिआर आरएनए एक्स्ट्रक्सन किट सिंगापुरबाट समाजसेवी रञ्जित आचार्यसहितको सहयोग र कूटनीतिक पहलमा मलेसियाको क्वालालम्पुर पठाइएको थियो। अस्ट्रेलियाका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत क्वालालम्पुरबाट नेपाल ल्याइएको हो। आचार्यका अनुसार सिंगापुरसम्म उक्त किट रोस कम्पनी आफैंले ल्याइदिएको थियो। 

स्वास्थ्य मन्त्रालयले सुरुमा¥यापिड डायग्नोस्टिक किट (आरडिटी)मा बढी ध्यान दिँदा अहिले पिसिआर आरएनए एक्स्ट्रक्सन किटको अभाव भएको हो। मन्त्रालयले ओम्नीसँग १० हजार पिसिआर आरएनए एक्स्ट्रक्सन किट र ७५ हजार थान आरडिटी किट खरिद गरेको थियो। मन्त्रालयका अधिकारीहरु सुरुमा नै कमिसनको चक्करमा नलागी आरडिटीभन्दा पिसिआर किट खरिद गर्न ध्यान दिएको भए दाता गुहार्नुपर्ने अवस्था नआउने दाबी गर्छन्।

आरडिटीमा सरकारकै अविश्वास 
स्वास्थ्य मन्त्रालय ओम्नी कम्पनीमार्फत किनेको ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) प्रति आफैं विश्वस्त हुन सकेको छैन। जनस्वास्थ्य विज्ञले संक्रमण फैलिएको ठाउँमा आरडिटी नगरी पिसिआर पद्धतिमार्फत परीक्षण गर्न दिएको सुझाव लत्याउँदै आरडिटी परीक्षणलाई व्यापक बनाएको स्वास्थ्य मन्त्रालयले सांसदलगायतका भिआइपीको परीक्षण पिसिआर पद्धतिबाट गरेको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरु नै आरडिटी भरपर्दो नभएकाले पिसिआर पद्धतिबाट सांसदको परीक्षण गरिएको बताउँछन्। पहुँचवालालाई पिसिआर पद्धतिबाट परीक्षण गरेको र सर्वसाधारणको हकमा आरडिटी गरिएको टिप्पणीसहित सरकारको आलोचना भएको छ। आफैंलाई विश्वास नलागेको ¥यापिड डायग्नोस्टिक किट स्वास्थ्य मन्त्रालयले ओम्नीसँग करिब सात करोड २८ लाख हालेर ७५ हजार थान किनेको थियो। हालैविद म्यानेजमेन्टसँग पाँच करोड ६५ लाखमा एक करोड किट किन्ने तरखर छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सांसदजिल्लाबाट भर्खर काठमाडौं आएकाले पिसिआर पद्धतिबाट कोरोना परीक्षण गरिएको बताए। आरडिटीमाथि विश्वास नभएर सांसदलाई पिसिआर गरिएको हो भन्ने प्रश्नमा प्रवक्ता देवकोटाले उच्चस्तरीय कुरा भएको भन्दै थप जवाफ दिएनन्। ‘यो माथिल्लो तहको कुरा भएकाले मैंले जवाफ दिने स्थिति रहेन’, उनले भने।

प्रकाशित: २६ वैशाख २०७७ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App