५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश सभाको मुख्य सचेतकमा केशवराज पाण्डे नियुक्त भएका छन्।

नुवाकोट क्षेत्र नं. १ 'क' बाट  प्रदेशसभा  सदस्य निर्वाचित पाण्डेलाई नेकपा संसदीय दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  बिहिबार मुख्य सचेतकमा नियुक्त गरेका हुन्।

यसअघि मुख्य सचेतक रहेका रामेश्वर फुयाँल प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएपछि एक महिनादेखि  नेकपाको बाग्मती प्रदेशसभाको मुख्य सचेतक पद रिक्त रहेको थियो।

२०४० सालमा तत्कालीन अनेरास्ववियु (पाँचौं) नुवाकोट जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका पाण्डे २०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए।

पाण्डेले  तत्कालिन नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै दुई कार्यकालसम्म एसियाली विद्यार्थी संगठनको सचिव र तत्कालीन नेकपा (एमाले)को आठौं अधिवेशनपछि विदेश विभाग सचिवको जिम्मेवारी निभाइसकेका छन्।

प्रकाशित: ७ चैत्र २०७६ ०३:४३ शुक्रबार

बागमती_प्रदेश नेकपा मुख्य_सचेतक