१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बहुमतले सरकारमा उन्माद चढ्यो : प्रदिप पौडेल

रामेछाप- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पछिल्लो समयमा नेकपमा सरकारलाई बहुमतको उन्माद चढेकाले संविधान विपरितका काम गरेर संवैधानिक व्यवस्थालाई कुल्चिन लागेको बताए। शनिबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार भेटघाटका अवसरमा बोल्दै नेता पौडेलले बहुमतका आधारमा संविधानलाई कुल्चिदै संवैधानिक व्यवस्थाकै अन्त्य गर्ने संविधानमाथि नै सरकारले यतिबेला आक्रमण गरि रहेको बताए।

बहुमत सरकारले देशलाई स्थिरता दिन्छ, समृद्धि दिन्छ, विकासका नयाँ योजना दिन्छ र सुशासन कायम गराउछ भनेर गरिएको अपेच्छामाथि नै कुठाराघात गर्दै काम गर्न नसकेको आरोप लगाए। जनतालाई लोकतन्त्रका रटान लगाइएता पनि परिवर्तनको महशुस सरकारले गराउन नसकेको बताए। उनले सरकार शक्तिशाली भएर पनि काम गर्न नसक्नु एउटा पाटो रहेता पनि विकृति, विसंगति, भ्रष्टचार र अराजकता व्यापक बढ्नु दुखद रहेको बताए। सरकारले विभिन्न निर्णयहरु गर्दै भ्रष्टचारलाई नीतिगत रुपमा नै संरक्षण गरेको बताए।

सरकारले सबै तिर नितिगत निर्णय गर्दा भ्रष्टचार बढदै गएको नेता पौडेलको भनाइ थियो। उनले भने मलाई ओली सरकार परिवर्तन गर्न मन होला, शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन मन होला तर सरकार बहुमतले बनाउने भएकाले त्यो यतिबेला संभव छैन तर बहुमतका आधारमा संवैधानिक व्यवस्थालाई नै अन्तय गर्ने छुट भने कसैमा नरहेको उनको भनाइ छ।

मुलुकमा लोकतन्त्रको अर्को विकल्प कहिल्यै हुन सक्दैन तापनि नेकपा सरकारले यतिबेला लोकतन्त्रको विकल्प खोज्दै गरेकाले कांग्रेसलाई त्यो स्वकार्य नहुने बताए। उनले मुलुक समृद्ध बनाउनका लागि नेकपाको विकल्प चाहि कांग्रेस हो भनेर कांग्रेसमा केही सुधार गर्न भने जरुरी रहेको बताए।

विगतको कठिन मोडमा रहेको नेपाली राजनितिका संक्रमणको अवस्थालाई केही सहज बनाउन कांग्रेसले गरेको भूमिकालाई स्मरण गराउदै जनता सामु आफ्नो योगदान लिएर जान जरुरी रहेको बताए। उनले सूचना प्रविधी विद्येयकलाई स्वतन्त्रतालाई समाप्त गर्न चालिएको खेल भएको दावी गरे। सरकारका जनविरोधी काम बाहिर आउछन, जनताले विरोध गर्न सक्छन भनेर सर्वसाधारणमाथि अंकुश लगाउने र राज्यको चौथो अंगका रुपमा रहेका पत्रकार र प्रेस जगतलाई अंकुश लगाउने काम लोकतान्त्रिक व्यवस्था हुनै नसक्ने नेता पौडेलले बताए। सरकारका मान्छेलाई जे गरे पनि छुट र सर्वसाधारणलाई अंकुश लगाउने विद्येक गलत रहेको उनको भनाइ थियो। सरकारले यतिबेला राज्यका हरेक क्षेत्रलाई नेकपाकरण गरी अघि बढेको आरोप लगाए।

नेता पौडेले पत्रकारसँगको अन्तरक्रियाका क्रममा पछिल्लो समयमा चर्चामा रहेको एमसीसीमा कांग्रेसको समर्थन रहेको धारणा राखे। कांग्रेस सरकारमा रहेको बेला देशका हितमा उक्त एमसीसी सम्झौता गरिएको उल्लेख गर्दै अहिले गरिएको जस्तो गलत हल्लामा त्यसमा नभएको बताए। एमसीसीका बारेमा विज्ञहरुको टोलीसहित यथार्थ बुझेर मात्र प्रचार गर्न पौडेलले आग्रह समेत गरे।

प्रकाशित: ४ माघ २०७६ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App