४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

'नेकपा र राजपाको योगदान महत्वपूर्ण'

रौतहट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र ल्याउन नेकपा र राजपाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

देशमा संघीयता तथा गणतन्त्रको लडाइँमा राजपाले पनि कठोर संघर्ष गरेको बताउँदै विगतमा पनि नेकपा र राजपाको सरकार बनेको स्पष्ट पारे।

लोकतन्त्र आइसकेपछि नेकपाले राजेन्द्र महतो तथा अनिलकुमार झालाई मन्त्री बन्न सहयोग गरेको सन्दर्भ कोट्याउँदै वरिष्ठ नेता नेपालले नेकपा र राजपा दुवै लोकतान्त्रिक चरित्र भएको पार्टी भएकाले राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीले गठबन्धन गरेको बताएका छन्। दुई लोकतान्त्रिक दलबीच चुनावी तालमेल हुनु कुनै अपवित्र गठबन्धन नभएको बताउँदै वरिष्ठ नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा भएको तालमेलले देशलाई निकास दिन सहयोग पुग्ने बताएका छन्।

वरिष्ठ नेता नेपालको गृहनगर रौतहट सदरमुकाम गौरमा बिहीबार आयोजित राष्ट्रियसभा उम्मेदवार परिचय तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले संयुक्त प्यानलले प्रदेश २ मा जित्ने विश्वासलाई दोहो-याएका छन्। नेकपा र राजपाद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा नेता नेपालले देश बनाउन दुवै दलले सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा पनि राखेका छन्।

एमसिसलिाई लिएर देशमा भइरहेको चर्चाजस्तो नभएको हुँदा सबै पक्ष मिलेर यसको विषयमा छलफल हुनुपर्ने नेता नेपालको भनाइ छ। नेपालको हितमाथि कुठाराघात हुनेजस्तो कुनै पनि गतिविधिमा संलग्न नभई सबै पक्ष बसेर आपसी सहमतिको आधारमा राष्ट्रको पक्षमा लाग्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ४ माघ २०७६ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App