७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख हटाएर सरकारले सहमति तोड्यो : सभापति देउवा

सिन्धुपाल्चोक - कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको बताएका छन्। उनले सरकारको यो कदमको भत्सर्ना गर्ने प्रतिक्रिया दिए। सिन्धुपाल्चोकको थोकर्पा स्थित बाघ भैरव माविको नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न यहाँ आएका देउवाले सञ्चारकर्मीसँग भने ओली सरकारसँग पूर्ववर्ति कांग्रेस सरकारले गरेका निर्णय र नियुक्ति नहटाउने सहमति भएको थियो त्यसको उल्लङघन भएको छ।

कांग्रेस अव के गर्छ त भन्ने प्रश्नमा उनले सरकारले यस्तै काम गर्दै गए आन्दोलनमा उत्रन बाध्य हुने बताए। सरकारले  आइतबार मात्र सात प्रदेशका प्रमुख हटाएको थियो।

प्रकाशित: १८ कार्तिक २०७६ ०९:३७ सोमबार

कांग्रेस सरकार प्रदेश प्रदेश_प्रमुख