१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले अस्पतालमा प्रचण्डसँग के भने?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बिहीबार दिउँसो २ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुगेका दाहालले अस्पतालभित्र १ घण्टा विताएका थिए। 

अस्पतालभित्र प्रवेश गर्दा मलिन अनुहारमा देखिएका दाहाल बाहिरिँदा भने प्रफुल्लित देखिए। बाहिर आएर दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै भेटमा भएको कुराकानी पनि सुनाए।

‘अहिले अवस्था सामान्य छ। डायलाइसिस भइसकेको छ। एकछिन आराम गरेर डिस्चार्ज हुने कुरा छ। चिकित्सकका अनुसार स्थिती हेरेर फेरि डायलाइसिस गर्नपर्ने हुनसक्छ। अहिले नियमित गर्नुपर्छ भन्ने फाइनल भएको छैन’, दाहालले भने। 
‘प्रधानमन्त्रीले म सँग कुरा गर्नुभयो। अलिकति समस्या छिटोछिटो देखा पर्यो। तर, अहिले ठिक भयो। आजै डिस्चार्ज हुन्छु। अरु त सबै ठिक छ भन्नुभयो’, दाहालले ओलीको भनाई उद्धृत गर्दै भने। 

‘डायलाइसिस गरेपछिको स्थिती सामान्यतर्फ नै गइराखेको छ। डिस्चार्ज भइसकेपछि भोलि बसेर कुरा हुन्छ’, दाहालले थपे।   

प्रकाशित: १४ कार्तिक २०७६ ०९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App