१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सडकमा झाँकीसहित चिनियाँ राष्ट्रपतिकाे स्वागत

काठमाडाैँ - चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ। नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।

राष्ट्रपति विद्यादेवि भण्डारीले चिनियाँ राष्ट्रपति सी लाई स्वागत गरेकी छन्। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी राष्ट्रपति सीलाई भण्डारीले स्वागत गरेकी हुन्।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपालमा आएका उनको स्वगतामा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेको छन्। चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

 उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्। विमानस्थलमा  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्।

चिनियाँ राष्ट्रपति सी स्वागतका लागि काठमाडौंका मुख्य सडक फेरिएका छन्। सीको स्वागतका लागि सडक चिटिक्क पारिएको हो। सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो।  उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App