२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सिंहझैं गर्जेर १० लाख कार्यकर्ताले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुन्छः प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष भित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दावी गरेका छन्।

अध्यक्ष प्रचण्डले पार्टीलाई सम्पूर्ण जनताको एकमात्रै पार्टी बनाउन देशभर अभियान संचालन गर्ने घोषणा पनि गरे। त्यसका लागि केन्द्रिय समितिको बैठक तत्काल बोलाएर आवश्यक योजना तथा कार्यक्रम तय गर्ने अध्यक्ष प्रचण्डको भनाई छ। 

शुक्रबार काठमाडौंमा आयोजित पार्टी सम्पर्क समन्वय कमिटीको भेलामा बोल्दै उनले पार्टीे सिंहको झैं गर्जन लिएर देशव्यापी अभियानमा जाने तथा आम कार्यकर्ता र जनतासँगको सम्बन्धलाई बलियो बनाउने गरी अभियान नै संचालन गर्ने पनि बताए। प्रचण्डले दश लाख कार्यकर्तालाई लिएर देशभर पार्टीले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुने चेतावनी पनि दिए। अध्यक्ष प्रचण्डले एक वर्षयता पार्टीका करिब १० लाख कार्यकर्ताले काम नपाउँदा ठूलो क्षति व्यहोर्नु परेको भएपनि अब पार्टी कामले गति लिने दावी पनि गरे।

प्रचण्डले पार्टीले आगामी दिन चलाउने अभियानमा एक मन, एउटै विचारका साथ अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

प्रकाशित: १० आश्विन २०७६ १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App