४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल भन्छन्–मृत्यदण्डको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्न थाल्यो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढदै गएको देख्दा मृत्यदण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन्।

उनले महिला हिंसा, हत्या, बलात्कारको घटना अन्त्यन्तै क्रूर ढंगले बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे।

वरिष्ठ नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ पनि सरकारलाई सचेत गराए।

प्रकाशित: ५ आश्विन २०७६ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App