२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाबुरामले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

तस्बिरः बाबुराम भट्टराइको फेसबुकबाट

काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइ र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराइले नेपाल भ्रमणमा रहेका जयशंकरलाई भेटेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।

बाबुरामले नयाँ दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्दा बेलाका पुराना साथी जयशंकरसँगको भेट निकै रोचक रहेको भन्दै नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल भएको बाबुरामले उल्लेख गरेका छन्।  

भेटका क्रममा समाजवादी पार्टीको  केन्द्रीय कमिटीको अध्यक्ष एवंम उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र नेपालका लागि भारीय राजदूत मनजीवसिंह पुरीको पनि उपस्थिति रहेको थियो। नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिन बुधवार नेपाल आएका जयशंकर आज स्वदेश फर्किदै छन्।

प्रकाशित: ५ भाद्र २०७६ १०:०३ बिहीबार

बाबुराम_भट्टराइ एस_जयशंकर भेटवार्ता