१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

५४ थान लागू औषधसहित ४ जना पक्राउ

उदयपुर– उदयपुर सदरमुकाम नजिकै असारीबाट ४ युवा प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन्। त्रियुगा नगरपालिका १३ किरात चोकमा केही युवाहरुको समूह लागू औषध सेवन गरिरहेको खवर स्थानीयले दिएको आधारमा खटेको प्रहरी टोलीले शनिबार दिउँसो ३ः४० बजे ५४ थान लागू औषधसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा त्रियुगा १३ असारीका २२ वर्षीय रविन राई, सोही ठाउँका १६ वर्षीय सुगम राई, असारीकै २४ वर्षीय दिनेश दनुवार र १५ वर्षीय प्रदिप सुर्खेती रहेका छन्। उनीहरुको साथबाट फेनार्गन, लुपिजेसिक र डाईजोल्याप नामक प्रतिबन्धित लागू औषध बरामद भएको छ। तीनै थरी लागू औषध १८÷१८ एम्पुल (थान) बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनीहरुमाथि लागू औषध प्रयोग सम्बन्धी अभियोग अनुसार कारबाही गर्ने गरी थप अनुसन्धान अघि बढाइने उनले बताएका छन्। 

प्रकाशित: ४ श्रावण २०७६ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App