२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने मन्त्री खनालको चेतावनी

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराएका छन्। दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा जोड दिनुको विकल्प नरहेको उल्लेख गरे। उहाँले संस्थानले उत्पादन गरेको डिडिसी दुधको बजार राम्रो रहेको उल्लेख गर्दै त्यसलाई पनि अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए।

मन्त्री खनालले गुणस्तरीय वस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्पष्ट पारे। उनले ‘डेट एक्पाएर’ भएका आयातित वस्तुहरु उपभोक्ताले प्रयोग गर्नु परिरहेका बेला गुणस्तरीय वस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्मरण गराए। त्यसका लागि दुग्ध विकास संस्थानले आफूलाई विश्वबजारमा मै प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने मन्त्री खनालको भनाई छ।

मन्त्री खनालले संस्थानलाई घाटामा लैजाने चिन्तनलाई परास्त गरेर अघि बढने दृढता पनि व्यक्त गरे। उनले दुग्ध विकास संस्थानलाई किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने चेतावनी पनि दिए।

प्रकाशित: १ श्रावण २०७६ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App