१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा संसदीय दलको बैठक जारी

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बसिरहेको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल लगायत नेकपाका सांसदहरु सहभागी छन्। 

बैठकमा संसदमा प्रस्तुत बजेटबारे छलफल भइरहेको छ। बजेट पारित गर्नेबारे बैठकमा अध्यक्षद्वय ओली र दाहालले सांसदहरुलाई ह्वीप जारी गर्नसक्ने एक नेताले बताए। 

त्यस्तै, संसदमा पार्टीको भूमिकाबारे तथा सरकारका कामकारवाही बारे पनि छलफल भइरहेको बताइएको छ। 

तस्बिरः दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App