१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई कार्यकर्ताले विप्लवलाई छाडे

खोटाङ – खोटाङमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

सार्वजनिक मुद्दामा तारिख खेपीरहेका रावाबेंसी गाउँपालिका–४, डुम्रेधारापानीका तुलबहादुर मगर र ऋषिराम विकले विज्ञाप्ति प्रकाशित गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

मगर र विकले साधारण जीवनयापन गर्ने मनसायले पार्टी परित्यागको घोषणा गरेको जानकारी गराएको प्रजिअ विष्णुहरी उपाध्यायले बताए। ‘उहाँहरु सार्वजनिक मुद्दामा अहिले पनि तारेखमै हुनुहुन्छ,’ प्रजिअ उपाध्यायले भने, ‘तर उहाँहरुले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। उहाँहरुको गतिविधिका आधारमा आगामी फैसला हुने छ ।’ विज्ञप्तिमा पार्टीले विध्वंसात्मक गतिविधि गर्न थालेकाले छाड्नुपरेको लेखिएको छ।
 

प्रकाशित: ३० चैत्र २०७५ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App