२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही

काठमाडौं- सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेलाई पनि कारबाही गर्ने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहलाई प्रचलित कानून अनुसार कारबाही गरिने बताए। उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताए।

सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाइसकेको छ। सरकारले अवैध हतियार तथा खरखजना नियन्त्रण गर्न सूचना जारी गर्ने भएको छ। आफुसँग भएको हतियार ३५ दिन भित्र बुझाउन पर्ने उनले बताए। सरकारी सार्वजनिक जग्गा हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ।

नेपाल सरकारको नाममा रहेको रेडियो नेपालको मोही कायम गरिएको ललितपुर जिल्लामा रहेको १ सय १८ रोपनी जग्गा सूचना प्रविधि सम्वन्धी  उधोग वा व्यवसाय स्थापना गर्नका लागि सूचना पार्क स्थापना गर्ने समेत सरकारले निर्णय गरेको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ११:२७ बिहीबार

विप्लव नेकपा सरकार माओवादी