१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘तारा होइन जूनै झारिदिउँला भन्ने कम्युनिस्ट सरकारको जोवन ठट्टैमा जान लाग्यो’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्र रिजालले सरकारको एक वर्ष ठट्टामा वितेको टिप्पणी गरेका छन्। 

आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले जनताको अभिमत ल्याएर के के न गर्छु भन्दै आएको सरकारको देख्ने आधार केही पनि नरहेको बताए। ‘सरकार बन्दा तारा होइन जुनै झारिदिउला भन्ने अरुणा लामाको गीत गाएर आएको थियो। वर्ष दिनमा यो ६ महिना हेर्दा नयाँ नयाँ बनेको कम्युनिस्ट सरकार, नयाँ नयाँ जवानीको कम्युनिस्ट सरकार। हेर्नेले के भन्छ भन्दा ठट्टैमा जान लाग्यो यो जोवन। ठट्टैमा वर्ष दिन वित्यो, अगाडि बढन् सकेको छैन् सरकार’, उनले भने।  

श्वेतपत्र देखाउँदै अर्थमन्त्रीलाई प्रश्न

नेता रिजालले श्वेतपत्र देखाउँदै अर्थमन्त्री युवराज खतिवडालाई अर्थतन्त्रमा के सुधार गर्नुभयो भनी प्रश्न गरे। श्वेतपत्रको ४० नम्बर बुँदा ‘समग्रमा अर्थतन्त्र विप्रेषणको आयात र उपभोगको चक्रब्यूमा रुमल्लिएको छ’ भन्ने उल्लेख गरेको भन्दै अर्थमन्त्रीलाई यो वर्ष फेरियो त? भनी प्रश्न गरे। ‘आयात त्यहीँ छ, विप्रेषणको आयात र उपभोगबाट कसरी बाहिर ल्याउनुभो त हेर्ने आधार छैन’, उनले भने।  

खर्च गर्न नसकेर अर्थमन्त्रीले बजेट संशोधन गर्न लागेको भन्दै थपे, ‘८५ प्रतिशत मात्रै खर्च गर्न सकिने, त्यसमा पनि पुँजीगत खर्च त ७० प्रतिशत मात्रै छ। यत्रो डंका बजाएर आएको सरकार अहिलेसम्म चालु खर्च ३५ प्रतिशत भयो, पुँजीगत खर्च १७.७, अघिल्लो वर्ष यो अवधिमा १४.३ भएको थियो। खासै फरक छैन्।’ 

ठूलो मत, जनताको अभिमत ल्याएर आएको सरकार, केके न गर्छु भन्ने सरकार, कहाँ पुग्यो त, पुगेको देख्ने आधार केही पनि नभएको भन्दै उनले भने, ‘यो विषय बाहेक अर्थतन्त्रमा कुनै सुधार देखेको छैन्। अहिले पनि अर्थतन्त्रको काम गर्न गम्भीरतापूर्वक तयार छ विपक्ष। सहयोग गर्न तयार छ।’ 

प्रकाशित: २६ फाल्गुन २०७५ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App