२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

आतंकवादविरुद्ध बुद्धको तस्बिर बोकेर पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

काठमाडौं– आतंकवाद नियन्त्रणको माग गर्दै काठमाडौंस्थित पाकिस्तानी राजदूतावास अगाडि प्रदर्शन भएको छ। युवाहरुको समूहले सोमवार दिउँसो शान्तिका दूत भगवान गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर प्रदर्शन गरेका हुन्। उनीहरुले ‘स्टप ब्लड सीड, डाउन वीथ टेररिजम’ नारा समेत लगाएका थिए। 

युवाहरुले आफूहरु शान्तिको पक्षमा रहेको भन्दै हिंसाका घटनालाई कुनै पनि राष्ट्रले बढावा दिन नहुने धारणा राखेका थिए। भारतको काश्मिरस्थित पुलवामामा भएको आत्घाती आक्रमणको निन्दा गर्दै उनीहरुले आतंकवादलाई प्रश्रय नदिन पाकिस्तानलाई आग्रहसमेत गरे।

पुलवामा घटनाको विश्वभरबाट निन्दा भइरहेको छ। यो घटनामा ४२ भारतीय सैनिकको ज्यान गएको थियो। घटनाको जिम्मेवारी पाकिस्तानी सशस्त्र संगठन जैश ए मोहम्मदले लिएपछि भारतले पाकिस्तानमाथि दोष लगाउँदै आएको छ। तर पाकिस्तानले भने भारतको आरोप अस्वीकार गर्दै आएको छ। 

प्रकाशित: १३ फाल्गुन २०७५ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App