४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारी समायोजन अध्यादेश जारी

काठमाडौं- कर्मचारी समायोजन अध्यादेश जारी भएको छ। मन्त्रिपरिषदको नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आइतबार जारी गरेकी हुन्।

अध्यादेश जारी भएपछि प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रियाको बाटो खुलेको छ। कर्मचारी समायोजनमा जान आलटाल गरेपछि समस्या देखिएको थियो। यस अघि सरकारले कर्मचारी समायोजन ऐन ल्याएको थियो।

कर्मचारी समायोजन ऐन २०७४ बाट कर्मचारी समायोजन हुन नसकेपछि सरकारले समायोजन अध्यादेश २०७५ ल्याएको हो। अध्यादेशमा स्थानीय तह र प्रदेशमा जाने कर्मचारीको एक तह बढुवा गर्ने प्रावधान लागायतका सुविधा राखिएको छ।

प्रकाशित: २३ मंसिर २०७५ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App