१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्लाही घटनामा हाम्रो संलग्नता छैन : नेकपा

सर्लाही- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा गत सोमबार एवं मंगलबार भएको झडपमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेको छ।

विहीबार नेकपा सर्लाही जिल्ला संयोजन कार्यदल  सदस्य रेवती पन्तले जारी गरेको प्रेस विज्ञप्तिमा त्यस्तो दाबी गरिएको हो। त्यस क्षेत्रका लोकप्रिय पार्टी नेता शिवपुजन रायलाई घटनामा अनावश्यक रुपमा मुछि राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोज्नु अत्यन्त खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ। आफ्ना कार्यकर्तालाई लान्छना लगाउने खालको समाचारको खण्डन गर्दै कुनै पनि पक्ष वा विपक्षमा नलागि निस्पक्ष समाचार प्रकाशन एवं प्रशारण गर्न समेत आग्रह गरिएको छ।

झडपमा नेकपाका नेताकार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण एवं गोली चलाएको भनि गरिएको प्रचार प्रायोजित रहेको विज्ञप्तिमा उल्लेख छ। घटना राजनीतिक नभई व्यक्तिगत रिसईवीका कारणले भएको भन्ने निष्कर्ष निकाल्न प्रयाप्त आधार रहेको समेत दाबी गरिएको छ। कातिक ११ गते वडाध्यक्ष सँग नागरिकताको सिफारिस लिने एक जना सेवाग्राहिसंग विवाद भएको र त्यही विषयलाई लिएर भोलीपल्ट गोली चलेको र एक जनाको मुत्यु भएको जनाइएको छ।

घटनाको सत्यतथ्य वुझि निष्पक्षरुपमा केन्द्रवाटै उच्चस्तरिय छानविन समिति गठनको माग गर्दै दोषि माथी कारबाही हुनुपर्नेमा पार्टी प्रतिबद्ध रहेको नेकपाको विज्ञप्तिमा उल्लेख छ। घटनालाई उत्तेजीत बनाउन कांग्रेसका केन्द्रीय नेताले नै नारा जुलुस एवं लासको राजनीति गरेको भन्दै विज्ञप्तिमा आश्चर्य प्रकट गरिएको छ।

सोमबार कार्यालय जाँदै गर्दा बाटोमा एक समूहको कुटपीटबाट गम्भिर घाईते भएका रामनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रामनरेश महतो तथा मंगलबारको झडपका क्रममा गोली लागि मृत्यु भएका वडाअध्यक्ष रामनरेशका काका रामविलास महतोका आफन्त एवं उक्त दिनका ७ जना घाईतेहरु सहित स्थानीयले भने आक्रमणमा नेकपाका नेता शिवपुजन राय सहित अन्य कार्यकर्ताहरुको संलग्नता रहेको दाबी गर्दै आएका छन्। यता शिवपुजन रायले भने उक्त घटनामा आफ्ना कुनै संलग्नता नरहेको र निराधार आरोप लगाईएको दाबी गरिरहेका छन्।

स्थानीय प्रहरी प्रशासनले वडाअध्यक्ष माथि आक्रमण भएको ४ दिन वित्दा समेत दोषि को थिए र घटना किन भएको थियो भन्ने एकिन कुरा बाहिर ल्याउन सकेको छैन भने एक जनालाई पनि पक्राउ गर्न सकेको छैन।

प्रकाशित: १५ कार्तिक २०७५ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App