२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोमल वलीलाई दसैंको टिकटको चिन्ता

काठमाडौं- राष्ट्रिय सभा सदस्य कोमल वलीले सवारी सधानको भाडा हचुवाको भरमा बढाएको बताएकी छन्। उनले वैज्ञानिक भाडादर निर्धारण गर्न समेत राष्ट्रिय सभाको बैठकमा माग गरिन्। उनले दसैंको टिकटमा समेत कालो बजारी भएको भन्दै आपत्ति जनाइन्। 'आज भोलीबाटै टिकट खुल्ने कुरा आएको छ', उनले भनिन्,  'टिकट खुलेकै दिन सकिने अनी लुकाउने र ब्ल्याकमा बिक्रि गरेको पाइन्छ।'

विद्यार्थीदेखि सबैलाई सहज रुपमा टिकट पाउने व्यवस्था गर्न उनले माग गरिन्। सवारी साधन थप गरेर भएपनि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउनु पर्ने उनको धारणा छ।

विद्यालयमा रहेका बसलाई प्रयोग गरेर पनि आवागमनमा सहजता गराउन उनले आग्रह गरिन्। 'हवाई सेवा पनि चुस्त गराउनु पर्छ', उनले भनिन्, 'नेपाल एयर लाइन्सले यस विषयमा ध्यान दिओस्।' नीजि वायु सेवाले पनि सबैलाई सहज रुपमा टिकट पाउने व्यवस्था मिलाउनु उनले अनुरोध गरिन्।

प्रकाशित: ७ आश्विन २०७५ ०६:४९ आइतबार

कोमल_वली दसैं टिकट