२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदीय समितिको नेतृत्व महिलामय

काठमाडौ– प्रतिनिधिसभाका १२ मध्ये १० वटा विषयगत समितिमा सर्वसम्मत नेतृत्व चयन भएको छ। समितिका सभापतिका लागि एकल उमेद्वारी परेपछि समितिको  नेतृत्व सर्वसम्मत निर्धारण भएको हो।

१० मध्ये ६ समितिको नेतृत्व महिलाले पाउने निश्चित भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संसदीय समितिहरुमा महिलालाई अगाडि सार्ने उदारता देखाएको छ। निविरोध भएपनि औपचारिक घोषणा भने गरिएको छैन। शुक्रबारको प्रतिनिधि सभा बैठकमा यसको घोषणा हुनेछ।

निर्विरोध हुनेहरुमा नेकपाका तर्फबाट राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद शशी श्रेष्ठ, महिला तथा सामाजिक समितिको सभापतिमा निरु पाल, शिक्षा तथा स्वास्थ समितिको सभापतिमा जयपूरी घर्ती रहेका छन्। त्यसैगरी पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्नेछिन्। .पवित्रा निरौला खरेल अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति बन्नेछिन् भने कल्याण कुमारी खड्का विकास तथा प्रविधि समितिको सभापति बन्ने भएकी छन्।

नेकपाका कृष्णप्रसाद दाहाल अर्थ र कृष्णभक्त पोखरलले कानुन न्याय तथा मानवअधिकार समितिमा सभापतिमा उमेद्वारी दिएका छन्। उद्योग वाणिज्य श्रम तथ उपभोक्ता हित संरक्षण समितिमा संघीय समाजवादी फोरमका विमल श्रिवास्तव सभापति हुने भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कागेेसले लेखा समितिको सभापतिमा सांसद भरतकुमार शाहलाई पठाएकाे छ।

 

प्रकाशित: ४ आश्विन २०७५ १२:५८ बिहीबार

प्रतिनिधिसभा विषयगत_समिति महिला नेतृत्व