१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतमा दाहालले भने : हामी सगरमाथाबाट मिनरल वाटर बनाउन सक्छौं

काठमाडौं- भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी र प्रतिफल सुरक्षाको वातावरण रहेको बताएका छन्। शुक्रवार साँझ इन्डो नेपाल सेन्टरको दिल्लीमा उद्घाटन गर्दै दाहालले पारम्परिक नीति नियम परिवर्तन गरी नेपालमा लगानी मैत्री वातावरण निर्माण गर्न गइरहेको बताए।

आर्थिक समृद्धिका लागि आफुहरु सम्पूर्ण तागतका साथ अघि बढिरहेको उनले बताए। 'नेपाल प्राकृतिक सम्पदा प्रचुर रहेको देश हो। यहाँ जलबिद्युत धेरै सम्भावना छ', उनले भने, 'विद्युत उत्पादनमा हामी सहकार्य गर्न इच्छुक छौं। जलउर्जा विद्युत उत्पादनका लागि मात्र होइन । यो त पानीको व्यवस्थापन पनि हो।' दाहालले सरगमाथाबाट मिनरल वाटर बनाउन सहकार्य गर्न सकिने समेत बताए।

सगरमाथाको मिनरल वाटरलाई विश्व बजारमा पुर्याउन सकिने भन्दै उनले पर्यटन विकासको पनि उत्तिकै सम्भावना रहेको औंल्याए। कृषिमा आधारित उद्योग, धार्मिक पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै लगानिकर्तालाई ढुक्क हुन आश्वासन दिनए।

प्रकाशित: २३ भाद्र २०७५ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App