११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

नयाँ दिल्लीमा दाहाल र डोभालबीच डिनर मिटिङ

काडमाडौं - भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेट भएको छ। दाहाल सचिवालयका अनुसार बिहीबार साँझ उनीहरुबीच भेट भएको हो। भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो।

पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल छलफल भएको जनाइएको छ।

बिहीबार दिल्ली पुगेका दाहाल र डोभालबीच साँड झण्डै तीन घण्टा लामो डिनर मिटिङ भएको थियो। 

 

प्रकाशित: २२ भाद्र २०७५ ०८:१९ शुक्रबार

भारत प्रचण्ड अजित_डोभाल