११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाललाई पक्राउ गर्नुको कारण माग

काठमाडौं – सर्वोच्च अदालतले ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई पक्राउ गर्नुको कारण सोध्दै बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार गृह मन्त्रालयलाई पक्राउ गर्नुको कारण माग गर्दै बन्दीलाई उपस्थित बनाउन आदेश भएको हो । भदौ १४ मा फणीन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई बिनाकारण पक्राउ गरेको भन्दै अधिवक्ता सुजित केसीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।

सर्वोच्चले कारणसहित २४ घन्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश गरेको हो । नेपाललाई बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुअघि पक्राउ गरिएको थियो । मोदीलाई विरोधस्वरुप कालो झन्डा देखाउने तयारी गरेको भन्दै फणीन्द्रलाई पक्राउ गरिएको बताइएको थियो।

प्रकाशित: १९ भाद्र २०७५ ०१:४७ मंगलबार

सर्वोच्च_अदालत फणीन्द्र_नेपाल