११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न सकिँदैन्ः प्रम अाेली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तीव्र विकासलाई तीव्र गतिमा बढाउनुपर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताए।

“विश्व विद्यालयहरूलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ” ओलीले भने, “त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ।”

सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरू खोल्ने तयारी गरेको ओलीको भनाइ थियो।  विश्व विद्यालयहरूले संख्यामा भन्दापनि गुणस्तरमा ध्यान दिनुपर्ने ओलीले बताए। 

 

प्रकाशित: १० भाद्र २०७५ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App