४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ- राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्यो।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। साथै बैठकले पूर्वसांसद जोशीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो।

विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहेका जोशीको हिजो काठमाडौंस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक भोलि साउन १७ गते दिनको ११.३० बजे बस्नेछ। रासस 

 

प्रकाशित: १६ श्रावण २०७५ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App