१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माइतीघरबाट सरकारलाई धन्यवाद (फोटो फिचर)

काठमाडौं– डा. गोविन्द केसीका समर्थकले शनिबार माइतीघर मण्डलाबाट सबैलार्इ धन्यवाद दिएका छन्।

माइतीघरमा ‘धन्यवाद सबैलाई सम्झौता अक्षरस पालना होस्’ प्लेकार्ड बोकेर दिउँसो समर्थकले प्रदर्शन समेत गरेका छन्।

चिकित्सा शिक्षा सुधारका लागि १५ औं पटक अनशन बसेका डा केसीसँग २७ औं दिनमा सरकारले २२ बुँदे सहमति गरेको थियो। सहमतिसँगै डा केसीले विहीबार अनशन तोडेका छन्।

डा केसीको माग सम्बोधन गर्नेगरी सहमति भएपछि उनका समर्थन धन्यवाद दिन प्ले कार्डसहित सडकमा उत्रिएका हुन्। डा. केसीकाे माग सम्बाेधनमा सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरू, नागरिक समाज लगायत अाम नागरिककाे भुमिका छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App