७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यक : अध्यक्ष थापा

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै बुधबारदेखि अभियान शुरु गरेको छ। सो पार्टीका अध्यक्ष कमल थापा र विभिन्न हिन्दूवादी संघसंस्थाका धर्मगुरुले शंख फुकेर संयुक्तरुपमा सो अभियानको शुभारम्भ गरे। 

सोे अवसरमा अध्यक्ष थापाले देशमा हिन्दूराष्ट्र कायम गराउनका लागि सबै हिन्दू धर्मावलम्बीले राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा जोड दिदै यसका लागि सबै दलसँग सहकार्य र समन्वय गरिने बताए। 

सातै प्रदेश र सबै स्थानीय तहमा यसवारे जनजागरणका कार्यक्रम सञ्चालन गरिने बताउँदै उनले पार्टीले उठाउँदै आएका हिन्दू राष्ट्रको मुद्दालाई स्थापित गराउने धारणा व्यक्त गरे। 

अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको छ भने। 

आगामी फागुन ७ गते अभियानलाई देशभर लैजाने बताइएको छ। रासस

प्रकाशित: २ श्रावण २०७५ १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App