१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सर्वोच्चको न्यायाधीशमा तीनजनाको नाम सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले न्यायाधीशको नाम सिफारिस गरेको हो।  

न्यायाधीश सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापा रहेकी छन्।  

सर्वोच्चमा चार न्यायाधीश रिक्त थिए। जसमा परिषद्ले तीनजनाको नाम मात्रै सिफारिस गरेको छ।  

प्रकाशित: २७ जेष्ठ २०८२ १८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App